१ माघ २०८२, बुधबार । January 14, 2026

कान्ति लोकपथ एकतर्फी सञ्चालनमा, ठूला सवारीलाई रोक



हेटौंडा । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो । मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए । ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए । बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो ।

पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले