२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?


५ जेष्ठ २०८२, सोमबार  

123
Shares

काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय हावाको प्रभाव कायम छ।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसममा परिवर्तन ल्याइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश र गण्डकी प्रदेशसहित देशका धेरै पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी क्षेत्रहरूमा पनि मुख्यतया सफा वा आंशिक बदली देखिन सक्छ।

केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको छ। सोमबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। देशका उच्च हिमाली भू-भागमा भने हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

मधेस प्रदेश र तराई क्षेत्रका केहि स्थानहरूमा हावाहुरीको जोखिम पनि छ। वर्षा र हावाहुरीका कारण दैनिक जीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले, मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अतः जनजीवनमा हुने असुविधाबाट बच्न पूर्व तयारी गर्नु अत्यावश्यक रहेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ