१ माघ २०८२, बुधबार । January 14, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज



काठमाडौं । रूपन्देही कारागारमा ४२ दिनदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा अन्ततः सोमबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा यसअघि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमा परिरहेको उक्त मुद्दा सोमबार भने ‘हेर्न मिल्ने’ इजलासमा परेको छ। आइतबार न्यायाधीश डा। मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा मुद्दा फेरि हेर्न नमिल्ने सूचीमा परेपछि, सोही इजलासले अब ‘हेर्न मिल्ने’ इजलासमा राख्न आदेश दिएको हो।

मुद्दाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै सर्वोच्च अदालतको प्रशासनलाई प्राथमिकताका आधारमा सुनुवाइ सुनिश्चित गर्न निर्देशन दिइएको छ। हालसम्म न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था रहेको उल्लेख गरिएको छ।

यदि बाँकी रहेका न्यायाधीशहरूबाट पनि हेर्न नमिल्ने अवस्था भएमा, सोमबार ‘हेर्न मिल्ने’ न्यायाधीशहरूबाट मात्र गोला प्रणालीमार्फत इजलास गठन गरिने निर्णय भएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले