२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

‘हिमालयन चितुवा’ अविरल घिमिरेले जिते ‘के वन क्रस १७५’को उपाधि


५ जेष्ठ २०८२, सोमबार  

21
Shares

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै नेपाललाई गौरवान्वित बनाएका छन्।

‘हिमालयन चितुवा’ को उपनामले चिनिने घिमिरे पहिलो पटक तीनवटा अन्तर्राष्ट्रिय किक बक्सिङ टाइटल जित्ने नेपाली खेलाडी बनेका हुन्। जापानको ओसाका सहरमा हालै सम्पन्न ‘के वान क्रस १७५’ प्रतियोगितामा उनले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउन्डमै पराजित गर्दै उपाधि चुमेका हुन्। अत्यन्त प्रतिस्पर्धात्मक र प्रतिष्ठित मानिने सो प्रतियोगितामा अविरलको विजयलाई ऐतिहासिक सफलता मानिएको छ।

अविरलका पिता तथा पूर्व अन्तर्राष्ट्रिय बक्सर देव घिमिरेका अनुसार ‘के वान क्रस’ श्रृंखला विश्वस्तरीय प्रतियोगिता हो र यसमा नेपाली खेलाडीको विजयी उपस्थिति दुर्लभ उपलब्धि हो। प्रतियोगिता हेर्न जापानमा रहेका नेपाली र जापानी दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त प्रतियोगिताको तयारीका लागि अविरलले थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा डेढ महिनासम्म आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए।

उपाधि जितेपछि प्रतिक्रिया दिंदै उनले भने, “यो क्षण मेरो जीवनको मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको हो।” यसअघि पनि अविरलले सन् २०२५ को के वान वर्ल्ड म्याक्स टोकियोमा जित्दै जापानी बक्सर यसुहितो सिरासुलाई पराजित गरेका थिए। त्यसैगरी, इस्का अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई हराउँदै वर्ल्ड टाइटल जितेका थिए।

अहिलेसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका देशका चर्चित खेलाडीहरूलाई पराजित गर्दै अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपाली झण्डा फहराएका अविरल हाल जापानको नागोया सहरमा आफ्ना पिता देव घिमिरेसँगै बस्दै आएका छन्।

उनका पिता देव घिमिरे सन् २००४ मा कोरियामा सम्पन्न के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा दक्षिण एसियाबाट सहभागी हुने पहिलो खेलाडी थिए। हाल उनीहरू चन्द्रागिरी–१२, गुर्जुधारा बलम्बूबाट जापानमा स्थायी रूपमा बस्दै आइरहेका छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ