२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

गुल्मीमा मोटरसाइकल दुर्घटना : सब इन्जिनियरको मृत्यु


५ जेष्ठ २०८२, सोमबार  

30
Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको घटनास्थलमै ज्यान गएको छ।

रेसुङ्गा नगरपालिका–५ सिमाघाटबाट तम्घासतर्फ जाँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका–३ निवासी २६ वर्षीय निशान चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार, चौधरीको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा दुर्घटना भएको हो।

इन्द्र एमके जेभीमा सब इन्जिनियरको रूपमा कार्यरत चौधरी आइतबार साँझ धुर्कोटबाट तम्घास जाँदै थिए। स्थानीय बासिन्दाका अनुसार घटना राति करिब १० बजेतिर भएको अनुमान गरिएको छ। सोमबार बिहान सवारी साधन सडकछेउको नालीमा च्यापिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर रातिको समय भएकाले तत्काल उद्धार सम्भव हुन सकेन।

प्रहरीले मृतकका परिवारलाई जानकारी गराइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ