१ माघ २०८२, बुधबार । January 14, 2026

बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ ठप्प



काठमाडौं । मकवानपुर र ललितपुरलाई जोड्ने कान्ति लोकपथ बाढीका कारण अवरुद्ध भएको छ।

गएरातिको लगातार वर्षासँगै बागमती खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सिमानामा पर्ने बगुवा खोलामा बनाइएको अस्थायी डाइभर्सन पूर्णरूपमा बगाएको हो। यही डाइभर्सनमार्फत सवारी साधन सञ्चालन हुँदै आएको थियो।

गत असोज महिनामा आएको बाढीले बगुवा खोलास्थित बागमती पुलको एक भाग बगाएको थियो। त्यसपछि पुलको क्षति भएका स्थानमा डाइभर्सन निर्माण गरेर आवागमन सहज बनाइएको थियो।

तर पुनः बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ हाल पूर्ण रूपमा अवरुद्ध भएको र वैकल्पिक मार्ग खोजिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले