७ चैत्र २०८२, शनिबार । March 22, 2026

बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ ठप्प


६ जेष्ठ २०८२, सोमबार  

18
Shares

काठमाडौं । मकवानपुर र ललितपुरलाई जोड्ने कान्ति लोकपथ बाढीका कारण अवरुद्ध भएको छ।

गएरातिको लगातार वर्षासँगै बागमती खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सिमानामा पर्ने बगुवा खोलामा बनाइएको अस्थायी डाइभर्सन पूर्णरूपमा बगाएको हो। यही डाइभर्सनमार्फत सवारी साधन सञ्चालन हुँदै आएको थियो।

गत असोज महिनामा आएको बाढीले बगुवा खोलास्थित बागमती पुलको एक भाग बगाएको थियो। त्यसपछि पुलको क्षति भएका स्थानमा डाइभर्सन निर्माण गरेर आवागमन सहज बनाइएको थियो।

तर पुनः बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ हाल पूर्ण रूपमा अवरुद्ध भएको र वैकल्पिक मार्ग खोजिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो