३ बैशाख २०८३, बिहिबार । April 17, 2026

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विधेयकमा छलफल हुने


५ जेष्ठ २०८२, आइतबार  

6
Shares

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा तीनवटा महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकको प्रमुख एजेन्डा अन्तर्गत ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ। यी दुवै विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संसदमा पेस गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट पारित भई आएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, छलफलपछि सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरेको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, ती विधेयकहरूमाथिको निर्णय प्रक्रियाले शिक्षा, स्वास्थ्य र उड्डयन क्षेत्रको व्यवस्थापनमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व