२३ बैशाख २०८३, बुधबार । May 6, 2026

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या


३ जेष्ठ २०८२, शुक्रबार  

99
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक घटना घटेको छ।

४२ वर्षीय लिलाराज गिरीले आफ्नै परिवारका दुई बालबालिकाको हत्या गरेका छन्। लिलाराजले आफ्नी छोरी प्रभा गिरी र दाजु दया गिरीका अन्दाजी ७ वर्षीय छोरा सजन गिरीलाई धारिलो हतियार (खुर्पा) प्रयोग गरी आक्रमण गरेका थिए। गम्भीर घाइते भएका दुवै बालबालिकाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आक्रोशित अवस्थाका लिलाराजले घटनापछि आफैंको घाँटी पनि रेटेर आत्महत्या प्रयास गरेका थिए। हाल उनको अवस्था गम्भीर रहेको र भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाको वास्तविक कारण अझै स्पष्ट भएको छैन। चितवन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको