१ माघ २०८२, बुधबार । January 14, 2026

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस



काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवाद औपचारिक रूपमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच यस संवादको उद्घाटन गरे। उद्घाटन समारोहमा देशविदेशका ३५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ। कार्यक्रमको संयोजन परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले प्रमुख पाहुनाहरुलाई स्वागत गर्दै गरिमा थपेकी थिइन्।

उद्घाटन सत्रपछि विषयगत छलफल र समानान्तर सत्रहरु सञ्चालन हुँदैछन्, जसमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने प्रभाव, मानव अस्तित्वमाथिको खतरा, र दीगो समाधानका उपायबारे गहन बहस गरिनेछ। यो संवाद आइतबारसम्म सञ्चालन हुने छ। सगरमाथा संवादले नेपाललाई जलवायु बहसको केन्द्रमा राख्दै विश्व समुदायबीच सहकार्य र चेतना विस्तारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले