रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा बिहानको मर्निङ वाकमा निस्किएका दुई महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ।
अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जानकारी दिएको छ। दुर्घटना बिहान पौने ६ बजे तिर भएको हो। दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुमानअनुसार चालक निदाएको र गाडीको गति तेज भएका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।







प्रतिक्रिया