२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै


२ जेष्ठ २०८२, शुक्रबार  

183
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेल आज हङकङ र बहराइनबीच हुँदैछ।

बैंककस्थित एआईटी मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरू हुनेछ। यो खेलले नेपाली टोलीको आगामी यात्रा अर्थात् ‘सुपर थ्री’ मा स्थान सुनिश्चित हुन्छ कि हुँदैन भन्ने निर्णय दिनेछ। हङकङले यदि बहराइनसँग पराजय बेहोर्नुपर्‍यो भने नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ। तर खेल बराबरीमा सकिएमा नेट रनरेटको आधारमा हङकङले नेपाललाई पछि पार्दै अघि बढ्नेछ।

हिजो भएको खेलमा नेपालले बहराइनलाई डीएलएस प्रणालीअनुसार ६ विकेटले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा ४ खेलमा ५ अंकसहित उक्लिएको छ। बहराइन ३ खेलबाट केवल १ अंकसहित पुछारमा छ भने हङकङ ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस प्रतियोगितामा ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहको विजेता टोली मात्र सुपर थ्री चरणमा पुग्नेछन्। त्यसपछि सुपर थ्रीको शीर्ष दुई टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन्।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ