१३ श्रावण २०८३, बुधबार । July 29, 2026

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी


३१ बैशाख २०८२, बुधबार  

123
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा आज बिहान भीषण आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीमा परेर काभ्रेपलाञ्चोक घर भई हाल मखनटोलमा बसोबास गर्दै आएकी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको हो। प्रहरीका अनुसार बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठको पुरानो घरमा आगो लागेको थियो। आगो छेउमै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो।

बिहान करिब ७ बजेतिर सुरु भएको आगलागी तीन घण्टापछि, बिहान १० बजे पूर्ण नियन्त्रणमा आएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। साथै जुद्ध बारुण यन्त्रालयका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा छ वटा दमकल प्रयोग गरिएको थियो।

अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर