२२ माघ २०८२, बुधबार । February 5, 2026

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा



काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बीमा’ नामक पुस्तक बजारमा आएको छ ।

बीमा विज्ञ डा. रवीन्द्र घिमिरेसहित शिव सुन्दर घिमिरे, डा. गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बिमा व्यवसायीलाई सान्दर्भीक हुने लेखक डा. रवीन्द्र घिमिरेले बताए । नेपालमा कृषि बीमा विकास र अभ्यासमा रुचि राख्नेका लागि पनि यो पुस्तक सान्दर्भिक रहेको उनको भनाइ छ ।

उनले भने, ‘पुस्तकमा कृषि बीमाको सैद्धान्तिक आधार तथा विश्व र नेपालमा अभ्यासमा रहेका बीमा पोलिसीको बारेमा उल्लेख गरिएको छ । साथै, तथ्यांक सहित नेपालको कृषि बीमाको विकासक्रम, विगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ ।’ पुस्तकलाई १४ अध्यायमा विभाजन गरिएको छ ।

कृषि क्षेत्रमा विद्यमान जोखिम र अन्तर्राष्ट्रिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम ब्यवस्थापनको अभ्यासको बारेमा पुस्तकमा चर्चा गरिएको छ । यसैगरी, कृषि बीमा सम्बन्धमा विश्वमा अभ्यासमा रहेका विभिन्न पोलिसीहरु तथा असल अभ्यासहरुबारेमा पनि चर्चा गरिएको अर्का लेखक सुदिप पौडेलले बताए ।

‘कृषि बीमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै विश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ,’ उनले भने, ‘कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरुको पनि चर्चा गरिएको छ भने कृषि बीमामा व्याप्त समस्या, चुनौती र सम्भावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ ।’

यस पुस्तकले नेपालको कृषि बीमा बजार विकास गर्न चाहने नीति निर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने दावी गरिएको छ ।

के–के छन् पुस्तकमा ?

अध्याय – १ः नेपालको कृषिको संक्षिप्त अवलोकन
अध्याय – २ः नेपालमा कृषि जोखिम
अध्याय – ३ः जलवायु परिवर्तन र यसको नेपाली कृषि प्रणालीमा प्रभाव
अध्याय – ४ः परम्परागत कृषि जोखिम व्यवस्थापन अभ्यासहरू
अध्याय – ५ः विश्वव्यापी कृषि बिमा पोलिसीहरू
अध्याय – ६ः नेपालमा कृषि बिमासम्बन्धी कानुनी प्रावधान र अनुदानका सवाल
अध्याय – ७ः नेपालमा कृषि बिमाको विकास
अध्याय – ८ः नेपालमा कृषि बिमा बजार
अध्याय – ९ः कृषि बिमा सेवामा निर्जीवन बिमा कम्पनीहरूको भूमिका
अध्याय – १०ः कृषि बिमामा भएका विश्वव्यापी अभ्यासहरू
अध्याय – ११ः कृषि बिमामा सहयोगी संस्थाहरू
अध्याय – १२ः कृषि बिमामा सूचना प्रविधिको प्रयोग
अध्याय – १३ः कृषि बिमाका समस्या र चुनौतीहरू
अध्याय – १४ः नीतिगत सुझावहरु

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल