२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

मखन टोलमा लागेको आगो नियन्त्रणमा, कति भयो क्षति ?


१ जेष्ठ २०८२, बुधबार  

21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा सोमबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ।

स्थानीय बासिन्दा, सुरक्षाकर्मी, नेपाली सेना र दमकलकर्मीहरूको समन्वित प्रयासपछि आगो पूर्ण रूपमा निभाइएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट आएका ६ वटा दमकल प्रयोग गरिएको थियो। प्रहरीका अनुसार, आगलागीमा परी एक महिलाको ज्यान गएको छ। मृतकको पहिचान हुन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन्।

आगो सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चार तले कच्ची घरबाट सुरु भएको हो। माटो र काठले बनेको घरको तेस्रो तलामा ग्याँस लिक भएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दयाराम श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत आगो सल्किएको थियो। दुई घरमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ।

हाल घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीहरूले थप अनुसन्धान गरिरहेका छन्। आगलागीको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१