१ माघ २०८२, बुधबार । January 14, 2026

देशभरि मौसममा फेरबदलः वर्षा, हिमपात र हावाहुरीको सम्भावना



काठमाडौं । हाल देशभरि पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसको असरले गण्डकी प्रदेशमा सामान्य बदली देखिएको छ भने अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था छ। गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी तथा बागमती प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा पनि त्यस्तो अवस्था देखिन सक्नेछ। यसैगरी, उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ। मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले