काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ बजे बस्न लागेको छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल रहेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेका छन्। सो विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना पनि निर्णयार्थ पेस हुने कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, बजेट सन्दर्भमा महत्वपूर्ण मानिएको विनियोजन विधेयकमाथि जारी छलफल पनि आजको बैठकमा निरन्तरता पाउने सम्भावना छ। संसद् सचिवालयले जनाए अनुसार बैठकमा विभिन्न सांसदहरूले बजेटका प्राथमिकता र सिद्धान्तमा आफ्ना धारणा प्रस्तुत गर्नेछन्।







प्रतिक्रिया