१ आश्विन २०८३, बिहिबार । September 17, 2026

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य


३० बैशाख २०८२, मंगलबार  

177
Shares

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गतको खेलमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाउँदै २९ रन बनायो। नेपालका लागि सम्झना कुमारी खड्काले सबैभन्दा धेरै १० रनको योगदान दिइन्। हङकङकी मे वे सु प्रभावशाली बलिङ गर्दै ३ विकेट लिन सफल भइन्।

यसअघि, नेपालले पहिलो खेलमा बहराइनलाई ९ विकेटले पराजित गरेको थियो भने हङकङविरुद्धको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। नेपालले आउँदो बिहीबार फेरि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एशिया छनोटमा ९ टोली सहभागी छन्। नेपाल, हङकङ र बहराइन समूह सी मा परेका छन् भने समूह ए मा आयोजक थाइल्यान्ड, कुवेत र भुटान छन्।

समूह बी मा मलेशिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहबाट शीर्ष टोलीहरू ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन्। सो चरणको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ