१ माघ २०८२, बुधबार । January 14, 2026

युद्धविरामपछि आईपीएल फेरि सुरु, जेठ ३ देखि बाँकी खेल संचालन हुने



एजेन्सी । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अब पुनः सञ्चालन हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरूको नयाँ तालिका सार्वजनिक गर्दै जेठ ३ गते (मे १७) शनिबारदेखि पुनः प्रतिस्पर्धा सुरु हुने जनाएको छ। परिमार्जित तालिकाअनुसार पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ।

यसैगरी, जेठ ४ गते आइतबार दुईवटा खेल हुनेछन्। पछिल्लो पटक धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल जारी रहँदा अचानक युद्धको स्थितिका कारण खेल स्थगित गरिएको थियो। युद्धविराम घोषणा भएपछि बीसीसीआईले बाँकी प्रतियोगिता फेरि संचालन गर्ने निर्णय लिएको हो।

परिमार्जित कार्यक्रम अनुसार:

  • क्वालिफायर १: जेठ १५
  • इलिमिनेटर खेल: जेठ १६
  • क्वालिफायर २: जेठ १८
  • फाइनल खेल: जेठ २०

आईपीएलका बाँकी खेलहरू दर्शकहरूका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ, विशेषतः तनावपछि खेल पुनः सुरु हुन लागेको सन्दर्भमा।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले