१ माघ २०८२, बुधबार । January 14, 2026

पश्चिमी, स्थानीय र जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले पहाडी क्षेत्रको मौसम बदली



काठमाडौं । हाल देशभरि मौसममा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यिनै प्रभावका कारण देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भूभागमा मौसम प्रायः सफा देखिएको छ। आज दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य पहाडी क्षेत्रमा एक वा दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

हिजो पनि गुल्मी, स्याङ्जा, काभ्रेपलान्चोक लगायतका केही क्षेत्रमा भारी वर्षा भएको थियो। यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले