१ माघ २०८२, बुधबार । January 14, 2026

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन



काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको पावन दिन।

नेपाललगायत विश्वभरिका बौद्ध धर्मावलम्बीले यो दिन श्रद्धा, भक्ति र उत्साहका साथ मनाउँदैछन्। ई.पू. ५६३ मा कपिलवस्तुस्थित लुम्बिनीको पवित्र भूमिमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतम जन्मिएका थिए। जीवनका दुःखद दृश्यहरू देखेपछि उनी २९ वर्षको उमेरमा राजसी जीवन त्यागी सत्यको खोजीमा निस्किए।

बिहानको उज्यालो जस्तै, ई.पू. ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धगयास्थित बोधिवृक्ष मुनि उनले बोधि प्राप्त गरे। त्यही दिनदेखि उनी ‘गौतम बुद्ध’ बने, जसले मानव जीवनका दुःखहरू अन्त्य गर्ने ‘अष्टाङ्गिक मार्ग’– सम्यक् दृष्टि, सङ्कल्प, वचन, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधिको ज्ञान दिन थाले।

बुद्धले पहिलोपटक सारनाथको मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्र प्रवर्तन गरे। त्यसपछि ४५ वर्षसम्म उनले मानवताका लागि धर्म उपदेश दिए र अन्ततः ८० वर्षको उमेरमा ई.पू. ४८३ मा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। गौतम बुद्धलाई आज ‘शान्तिका अग्रदूत’ र ‘एसियाको तारा’का रूपमा स्मरण गरिन्छ। उनको विचार, दर्शन र शिक्षाले सम्पूर्ण विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश फैलाएको छ।

बुद्धजयन्तीको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। यो परम्परा २०६५ सालको जेठ ८ गतेदेखि सुरु गरिएको हो।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले