७ चैत्र २०८२, शनिबार । March 21, 2026

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु


२८ बैशाख २०८२, आइतबार  

51
Shares

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य १४ जना गम्भीर घाइते भएका छन्।

बौद्ध धर्मावलम्बी तीर्थयात्रीहरू सवार सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्रको कोटमाले हुँदै जाँदै गर्दा गहिरो भीरबाट खसेको थियो। प्रहरीका अनुसार उक्त बसमा करिब ७० जना यात्रु थिए, जुन सिट क्षमताभन्दा २० जना बढी हो। दशकौंदेखिको सबैभन्दा खतरनाक सडक दुर्घटनामध्ये यो एक मानिएको छ।

दुर्घटनास्थलमै १५ जनाले ज्यान गुमाएका थिए भने अन्य ६ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ। बस श्रीलंकाको दक्षिणी भागमा अवस्थित प्रमुख तीर्थस्थल कातारागामाबाट केन्द्रीय शहर कुरुनेगालातर्फ गइरहेको थियो, जुन करिब २५० किलोमिटर टाढा पर्छ। श्रीलंकामा सडक दुर्घटनाको संख्या निकै उच्च रहेको छ।

प्रत्येक वर्ष औसतमा तीन हजारभन्दा बढी सडक दुर्घटना हुने गरेका कारण यहाँका सडकहरू विश्वकै खतरनाक मार्गहरूमध्ये पर्छन्।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो