२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै


२६ बैशाख २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप २०२६ को एशिया छनोट अभियान सुरु गर्दैछ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान ८ः४५ बजे नेपालले समूह ‘सी’ अन्तर्गत हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई गरी नौ टोली सहभागी छन्। नेपाल समूह सी मा हङकङ र बहराइनसँग परेको छ।

समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहेका छन् भने समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन्। समूह चरणमा टोलीहरूले एकअर्काविरुद्ध दुई पटक खेल्नेछन्। प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्री चरणमा स्थान बनाउनेछ। त्यसपछि सुपर थ्रीमा उत्कृष्ट दुई टोलीले आगामी ग्लोबल छनोटका लागि क्वालिफाइ गर्नेछन्।

नेपाल र हङकङबीचको टी-२० प्रतिस्पर्धा अघिल्ला पाँच भेटमा रोमाञ्चक देखिएको छ। नेपालले दुई पटक जित हात पारेको छ भने हङकङले पनि दुई खेलमा विजयी नतिजा निकालेको छ। बाँकी एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

नेपालका लागि आजको खेल महत्वपूर्ण रहनेछ, जसले विश्वकपको यात्रालाई अझ स्पष्ट दिशामा लैजानेछ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ