१ माघ २०८२, बुधबार । January 14, 2026

भारत–पाकिस्तान तनावको असर आईपीएलमाः खेल रद्द गरियो



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल अचानक रोकिएको छ।

पाकिस्तानले भारतमा गरेको आक्रमणपछि सुरक्षा कारण देखाउँदै हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) मैदानमा खेल स्थगित गरिएको हो। घटनापछि स्टेडियमका सबै फ्लडलाइटहरू बन्द गरिएका थिए र दर्शकलाई तुरुन्तै मैदान खाली गर्न निर्देशन दिइएको थियो। खेल रोकिँदासम्म पञ्जाब किंग्सले १०.१ ओभरमा एक विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो।

प्रियांश आर्यले आक्रामक ७० रन बनाएर आउट भएका थिए भने प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा अविजित थिए। खेल रद्द गरिएको घोषणा भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यसअघि पाकिस्तानमा पनि यस्तै स्थिति देखिएको थियो। पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्स र पेशावरबीचको खेल सुरक्षाका कारण स्थगित गरिएको थियो।

भारत र पाकिस्तानबीचको बढ्दो सैन्य तनावले क्षेत्रीय खेलकुदमा समेत गहिरो प्रभाव पार्न थालेको देखिन्छ। युद्धको जोखिम बढिरहेका बेला दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन्, जसको असर मैदानभित्रको प्रतिस्पर्धामा मात्रै होइन, आम जनजीवनमा समेत देखिन थालेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले