१० श्रावण २०८३, आइतबार । July 27, 2026

भारत–पाकिस्तान तनावको असर आईपीएलमाः खेल रद्द गरियो


२६ बैशाख २०८२, शुक्रबार  

147
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल अचानक रोकिएको छ।

पाकिस्तानले भारतमा गरेको आक्रमणपछि सुरक्षा कारण देखाउँदै हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) मैदानमा खेल स्थगित गरिएको हो। घटनापछि स्टेडियमका सबै फ्लडलाइटहरू बन्द गरिएका थिए र दर्शकलाई तुरुन्तै मैदान खाली गर्न निर्देशन दिइएको थियो। खेल रोकिँदासम्म पञ्जाब किंग्सले १०.१ ओभरमा एक विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो।

प्रियांश आर्यले आक्रामक ७० रन बनाएर आउट भएका थिए भने प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा अविजित थिए। खेल रद्द गरिएको घोषणा भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यसअघि पाकिस्तानमा पनि यस्तै स्थिति देखिएको थियो। पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्स र पेशावरबीचको खेल सुरक्षाका कारण स्थगित गरिएको थियो।

भारत र पाकिस्तानबीचको बढ्दो सैन्य तनावले क्षेत्रीय खेलकुदमा समेत गहिरो प्रभाव पार्न थालेको देखिन्छ। युद्धको जोखिम बढिरहेका बेला दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन्, जसको असर मैदानभित्रको प्रतिस्पर्धामा मात्रै होइन, आम जनजीवनमा समेत देखिन थालेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर