२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा


२५ बैशाख २०८२, बिहिबार  

132
Shares

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा कमजोर लय कायम राख्दै लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग रोमाञ्चक हार ब्यहोरेको छ।

चेन्नईले १८० रनको लक्ष्य १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो र २ बल बाँकी छँदै २ विकेटले जित हात पार्‍यो। कोलकाताका लागि यो हार निकै महँगो सावित भयो, जसका कारण अब प्लेअफ पुग्ने सम्भावना केवल गणितीय आधारमा मात्र बाँकी छ।

चेन्नईका ओपनर आयुष महतरा र डेभोन कनवे शून्यमा आउट हुँदा इनिङ्स सुरुवातमै संकटमा परेको थियो। त्यसपछि पनि उर्भिल पटेल (३१), रविचन्द्रन आश्विन (८) र रविन्द्र जडेजा (१९) सस्तामा आउट हुँदै पवेलियन फर्किए। चेन्नईको स्कोर ५ विकेट गुमाएर ६० रन हुँदा खेल कोलकाताको पक्षमा देखिएको थियो। तर, त्यसपछि मैदानमा आएका डेवाल्ड ब्रेभिस र शिवम दुबेले ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै चेन्नईलाई जितको नजिक पुर्‍याए।

ब्रेभिसले २५ बलमा ४ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे। खेलको अन्तिम चरण थप रोमाञ्चक बन्यो। अन्तिम ८ बलमा १० रन आवश्यक हुँदा शिवम दुबे ४४ रनमा आउट भए। तर, कप्तान महेन्द्रसिंह धोनी र अंशुलले संयमित ब्याटिङ गर्दै चेन्नईलाई जित दिलाए। धोनी १७ रन र अंशुल ४ रनमा अविजित रहे।

बलिङमा कोलकाताका वैभव अरोराले प्रभावशाली प्रदर्शन गर्दै ३ ओभरमा ४८ रन खर्चिएर ३ विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट झारे। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कप्तान अजिन्के राहानेले ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने आन्द्रे रसलले ३८ र मनिष पाण्डेले अविजित ३६ रन जोडे। सुनिल नराइनले पनि २६ रन बनाए।

चेन्नईका बलर नुर अहमदले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यो जितसँगै चेन्नईले तेस्रो जित दर्ता गर्दै ६ अंक बनाएको छ भने कोलकाता ११ अंकसहित छैटौं स्थानमा सीमित भएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१