२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना


२५ बैशाख २०८२, बिहिबार  

117
Shares

काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने देशका अन्य भागहरूमा मौसम सामान्यतया सफा छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानमा अहिले हल्का वर्षा भइरहेको छ, कतिपय स्थानमा चट्याङ्ग पनि परेको जानकारी प्राप्त भएको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने सम्भावना रहेको छ। देशका पहाडी भेगका केही स्थान र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली क्षेत्रका एक वा दुई स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। मौसमको यस्तो अवस्थाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्‍याउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१