२ कार्तिक २०८३, सोमबार । October 19, 2026

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा


२४ बैशाख २०८२, बुधबार  

66
Shares

एजेन्सी । वानखेडे रंगशालामा मंगलबार भएको वर्षाले प्रभावित रोचक खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा छलाङ मारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो। जवाफी इनिङ खेल्दै गर्दा वर्षाका कारण खेल पटक–पटक रोकिएको थियो। डकवर्थ लुइस प्रणालीअनुसार लक्ष्य समायोजन गरिँदा गुजरातलाई १९ ओभरमा १४७ रन आवश्यक पर्ने तय भयो। खेलको अन्तिम चरण झनै रोमाञ्चक बनेको थियो। अन्तिम ओभरमा गुजरातलाई १५ रन चाहिएको थियो।

मुम्बईका बलर दीपक चाहरले पहिलो तीन बलमै चौका र छक्का खाँदा खेल गुजरातको पक्षमा झुकेको देखियो। अन्तिम बलमा १ रन आवश्यक थियो, तर मुम्बईले रनआउट गर्ने अवसर गुमाउँदा गुजरातले जित हात पारेको हो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए। त्यस्तै जस बटलरले ३० तथा शेर्फान रदरफर्डले २८ रन बनाए। मुम्बईका बलरहरू जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, र अश्वनी कुमारले दुई–दुई विकेट लिँदा दीपक चाहरले एक विकेट झारे।

मुम्बईका तर्फबाट विल ज्याक्सले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५३ रन जोडे भने सूर्यकुमार यादवले ३५ रन बनाए। गुजरातका लागि साई किशोरले सर्वाधिक दुई विकेट लिए। यस जितसँगै गुजरातले ११ खेलमा आठ जितसहित १६ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ।

आईपीएलअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स आमने–सामने हुनेछन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि