१ आश्विन २०८३, बिहिबार । September 17, 2026

मकवानपुरमा बोलेरो दुर्घटनाः ९ जना घाइते, ६ को अवस्था गम्भिर


२४ बैशाख २०८२, बुधबार  

33
Shares

मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८:१५ बजे राक्सिराङको खैराङबाट मनहरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी तत्कालै मनहरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्राप्त विवरणअनुसार बोलेरोमा चालकसहित ९ जना सवार थिए। गम्भीर घाइतेहरूमा राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, ६५ वर्षीया फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का छन्। ती व्यक्तिहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।

त्यसैगरी, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ मध्यम घाइते भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ