५ असार २०८३, शुक्रबार । June 19, 2026

नेपालकै ठूलो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’ एकान्तकुनामा सञ्चालनमा


२४ बैशाख २०८२, बुधबार  

39
Shares

ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’ सञ्चालनमा आएको छ ।

२० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्रा्याण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् । विवाह, ब्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन शो, प्रडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्रा्याजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्रा्याण्ड तयार गरिएको छ ।

यो भेन्यूमा कुनै पनि कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नुपर्दैन् । अन्तर्राष्ट्रिय स्तरका लेटेष्ट प्रविधिको साउण्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेष्टिक ग्रा्याण्डमा जडान गरिएका छन् । ‘म्याजेष्टिक ग्रा्याण्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौँ, सञ्चालक सुरज कार्की भन्छन्, ‘म्याजेष्टिक ग्रा्याण्ड’ लाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजवाटमा विशेष ध्यान दिइएको छ ।’

डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्रा्याण्ड उत्कृष्ट भेन्यू रहेको सञ्चालक कार्की बताउँछन् । नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएकाले धेरैको रोजाई पर्ने विश्वास उनले व्यक्त गरे । १४ हजार र १० हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए ।

म्याजेष्टिक ग्रा्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो । उत्कृष्ट इभेन्ट भेन्यू निर्माणका लागि कम्पनी खोज्ने क्रममा आरजी क्रियसन्स्सँग भेटघाट भएको र कम्पनीको कन्सेप्ट र डिजाइन अब्बल लागेर निर्माणको जिम्मा दिइएको सञ्चालक कार्कीले बताए । ‘मैले धेरै वटा कम्पनीसँग कुरा गरेँ तर आरजी क्रियासन्सले जुन डिजाइन र कन्सेप्ट प्रस्ताव गर्यो त्यो निकै राम्रो थियो, कार्कीले भने, ‘उहाँहरूले सम्झौता बमोजिम नै समयमै भेन्यूको निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गर्नुभयो ।’

समयमै प्रोजेक्ट सम्पन्न गरेकोमा सञ्चालक कार्कीले आरजी क्रियासन्स्लाई धन्यावद व्यक्त गरे । म्याजेष्टिक ग्रा्याण्डमा प्रयोग गरिएका थिम निकै युनिक र अत्याधुनिक छन् । यसमा प्रयोग गरिएका विशाल स्क्रिन, लाइटिङ सिस्टम, फर्निचर, गार्डेन एरियामा गरिएको सजावटले यसको भव्यता जो कोहीले महशुस गर्न सक्छन् । ‘म्याजेष्टिक ग्रा्याण्ड’ को भव्यता र यसको सर्भिस पाँच तारे होटलको भन्दा पनि उत्कृष्ट रहेको सञ्चालक कार्की बताउँछन् ।

सुलभ मूल्यमा पाँच तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको सञ्चालक कार्की बताउँछन् । एकान्तकुना चोकबाट सातदोबाटो तिर लागेपछि केही मिटरको दुरीमा रिङ रोडको सर्भिस लेनमै जोडिएको यो भेन्यूमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ तीन सय वटा चार पाङ्ग्रे सवारी साधन र पाँच सय वटा मोटरसाइकल सहज ढंगले पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । लोकेसनका हिसाबले जुनसुकै स्थानबाट पनि सहज ढंगले म्याजेष्टिक ग्रा्याण्ड पुग्न सकिन्छ ।

म्याजेष्टिक ग्रा्याण्डको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन्स् नेपालका अध्यक्ष राम गिरी भने आफूले निर्माण गर्ने हरेक इभेन्ट भेन्यू ‘मास्टर पिस’ हुने गरी नै सम्पन्न गरिएको बताउँछन् । ‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने ‘कन्टेन्ट’ के के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छु, अध्यक्ष गिरीले भने ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्टहरू अन्यभन्दा भिन्न र आकर्षक हुन्छन् ।’

‘आरजी क्रियसनले यस अघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । तर, एउटाको थिम अर्कोसँग नमिल्ने गरी र हरेक ब्यांक्वेटको आफ्नै मौलिक पहिचान हुने गरी निर्माण गरिने गरेको अध्यक्ष गिरीले बताए । ‘उस्तै कन्सेप्टको दुई वटाभन्दा बढी ब्यांक्वेट निर्माण गर्ने गरिएको छैन्, अध्यक्ष गिरीले भने, ‘लगानीकर्ताको अवधारणालाई कसरी अन्यभन्दा फरक र आकर्षक बनाउने भन्ने कुरा ध्यान दिएर निर्माण गर्ने गरिएको छ ।’

आरजी क्रियसन्स्ले काठमाडौँ उपत्यका लागायत देशका विभिन्न शहरमा दर्जनौँ ब्यांक्वेट, इभेन्ट भेन्यू तथा हस्पिट्यालिटीसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिसकेको छ । पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको म्याजेष्टिक ग्रा्याण्ड आरजी क्रियसन्स्का लागि समेत गर्व गर्न लायकको इभेन्ट भेन्यू बनेको अध्यक्ष गिरीले बताए ।
‘हामी निर्माणका लागि सम्बन्धित पक्षसँग सम्झौता गरिसकेपछि निर्माण स्थलको लोकेसन, जग्गाको बनोट, निर्माण लागत आदि सबै अध्ययन गरेर सोही अनुसार स्ट्रक्चर र इन्टेरियरको प्लान गर्छौं, अध्यक्ष गिरीले भने, ‘आरजी क्रियसन्स्ले ब्यांक्वेटमा प्रयोग गरिने सामग्री ‘कस्टमाइज’ गरेर आफैँ विदेशबाट आयत गर्ने गरेको छ ।’

‘म्याजेष्टिक ग्रा्याण्ड’ मा प्रयोग गरिएका फर्निचर, लाइट, डेकोरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्वेटमा प्रयोग नभएका गरिएको छ’, अध्यक्ष गिरीले भने, ‘आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री अर्डर गरी आयत गरिने भएकोले अरुभन्दा भिन्न हुने गरेको उनले बताए । अध्यक्ष गिरीले आफ्नो आइडिया र भिजनलाई व्यवहारमा उर्तान दक्ष सिभिल इन्जिनियर, आर्टिटेक्ट, लाइट सम्बन्धि काम गर्ने दक्ष प्राविधिक एवं दक्ष निर्माण कालिगडहरूको प्रयोग गर्ने गरेका छन् ।

इभेन्ट भेन्यू तथा ब्यांक्वेट निर्माणको काम लिइसकेपछि सञ्चालकहरूलाई उहाँहरूले सोचेभन्दा अब्बल खालको प्रडक्ट दिएर सन्तुष्ट गराउनु आरजी क्रियसन्स्को एकमात्र उद्देश्य रहेको अध्यक्ष गिरी बताउँछन् । करिब चार हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी म्याजेष्टिक ग्रा्याण्ड तयार गरिएको छ । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन किसिमको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ ।

विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा यहाँ उपलब्ध छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा