१ माघ २०८२, बुधबार । January 14, 2026

भारत-पाकिस्तान युद्धः यस्तो छ दुबै देशको दाबी



एजेन्सी । भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको भीषण आतंकवादी आक्रमणको १५ दिनपछि प्रतिशोधस्वरूप पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीर (पिओके) मा ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै हवाई हमला गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले मध्यराति ९ वटा आतंकवादी अड्डाहरूमाथि लक्षित आक्रमण गर्दै बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबाद, फैसलाबाद, गुलपुर, भीमबेर, सियालकोट र अहमदपुर शार्कियालगायतका स्थानमा मिसाइल आक्रमण गरेको हो।

पहलगाम आक्रमणको प्रतिशोध

भारतले यो सैन्य कारबाही २२ अप्रिलको पहलगाम आक्रमणको जवाफस्वरूप गरेको हो। सो घटनामा एक नेपाली नागरिकसहित २८ जना तीर्थयात्रीको मृत्यु भएको थियो। अधिकांश हिन्दु पर्यटकको धार्मिक पहिचानका आधारमा हत्या गरिएको दाबी भारतको छ।

भारतीय पक्षको दाबी

न्यूज १८ लगायतका भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्य अड्डाहरूलाई लक्षित गर्दै २४ क्षेप्यास्त्र प्रहार गरेको छ। यस आक्रमणमा कम्तीमा १७ आतंकवादी मारिएको र ६० भन्दा बढी घाइते भएको दाबी गरिएको छ।

भारतीय सेनाले यो आक्रमणमा कुनै पनि पाकिस्तानी सैनिक अड्डा लक्षित नगरेको स्पष्ट पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो अपरेशनलाई युद्धकक्षबाट प्रत्यक्ष निगरानी गरेका थिए। आक्रमणपछि जम्मु, साम्बा, कठुआ, राजौरी र पुछका सबै विद्यालय बन्द गरिएका छन्।

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानी सेनाले भारतले २४ क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गर्दै, तीमध्ये ८ जना सर्वसाधारणको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ। मृतकमध्ये एक बालक रहेको पुष्टि भएको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले नागरिक क्षेत्र र मस्जिदहरूलाई निशाना बनाएको आरोप लगाएका छन्। साथै, ५ भारतीय लडाकु विमान खसालेको र केही सैनिकलाई नियन्त्रणमा लिएको दाबी पाकिस्तानको छ।

पाकिस्तानी सरकारी टेलिभिजन ‘पिटिभी न्यूज’ले दुई भारतीय विमान खसेको जनाउँदै भारतीय चेकपोस्टहरू ध्वस्त पारिएको जानकारी दिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले