काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४ अंकले वृद्धि भई २६१४ विन्दुमा अडिएको छ।
आज सेयर बजारमा करिब २ करोड कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कुल कारोबार रकम ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर घटेको छ।
हाइड्रोपावर समूहले आज सबैभन्दा बढी कारोबार गर्दै बजारमा नेतृत्व लिएको छ। कारोबारको आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत कम्पनी र युनिभर्सल पावर अगाडि देखिएका छन्। ती कम्पनीहरूले क्रमशः ९२ करोड, ६७ करोड, ३८ करोड र ३६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।
मूल्य वृद्धिका हिसाबले हेर्दा नेपाल माइक्रो इन्सुरेन्सको सेयर १० प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, क्रेष्ट माइक्रो इन्सुरेन्स, ओम मेघा श्री फर्मास्युटिकल्स र रिढि पावर कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ। यता, विन नेपाल लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।
सेक्टरगत रूपमा हेर्दा हाइड्रोपावर, जीवन बीमा, उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार समूहमा हरियो संकेत देखिएको छ। तर बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य इन्डेक्स भने ओरालो लागेको देखिन्छ।
प्रतिक्रिया