२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम


२३ बैशाख २०८२, मंगलबार  

27
Shares

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४ अंकले वृद्धि भई २६१४ विन्दुमा अडिएको छ।

आज सेयर बजारमा करिब २ करोड कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कुल कारोबार रकम ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर घटेको छ।

हाइड्रोपावर समूहले आज सबैभन्दा बढी कारोबार गर्दै बजारमा नेतृत्व लिएको छ। कारोबारको आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत कम्पनी र युनिभर्सल पावर अगाडि देखिएका छन्। ती कम्पनीहरूले क्रमशः ९२ करोड, ६७ करोड, ३८ करोड र ३६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।

मूल्य वृद्धिका हिसाबले हेर्दा नेपाल माइक्रो इन्सुरेन्सको सेयर १० प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, क्रेष्ट माइक्रो इन्सुरेन्स, ओम मेघा श्री फर्मास्युटिकल्स र रिढि पावर कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ। यता, विन नेपाल लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।

सेक्टरगत रूपमा हेर्दा हाइड्रोपावर, जीवन बीमा, उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार समूहमा हरियो संकेत देखिएको छ। तर बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य इन्डेक्स भने ओरालो लागेको देखिन्छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ