४ असार २०८३, बिहिबार । June 19, 2026

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल


२३ बैशाख २०८२, मंगलबार  

150
Shares

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने त्रियुगा नदीमा आएको बाढीले एक यात्रुवाहक बस बगाएको छ।

‘बराहक्षेत्र’ नामको १ ख ४७५३ नम्बरको बस सोमबार राति सप्तरीबाट जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा राति ११ बजे त्रियुगा नदीको बहावमा फसेको थियो। बसमा चालक र सहचालक मात्र सवार थिए, र दुबै सकुशल रहेको प्रहरीको भनाइ छ। डुबेको बसलाई बाहिर निकाल्न क्रेनको सहायतामा उद्धार कार्य भइरहेको जानकारी प्राप्त भएको छ। न्यू प्रतिसारा यातायातको उक्त बस बेल्टारबाट धरानतर्फ गइरहेको थियो। तर बाढीको उच्च बहावका कारण नदीमा फसेर बगेको थियो ।

त्रियुगा नदीमा वर्षायाममा बारम्बार बाढी आउने भएकाले यसले स्थानीयवासीलाई निरन्तर सास्ती दिँदै आएको छ। नदीमाथि निर्माण भएको पक्की पुल उद्घाटन हुन नपाउँदै क्षतिग्रस्त भएपछि बासिन्दा अझै पनि जोखिम मोलेर नदी पार गर्न बाध्य छन्। २०६६ सालमा शिलान्यास भएको उक्त पुल २०७८ मा निर्माणको अन्तिम चरणमा पुगेको थियो। तर बाढीका कारण दुई पिलर भासिएर तीन स्पान भत्किएपछि पुल प्रयोग गर्न अयोग्य भएको छ।

७ मिटर चौडाइ र ३०७ मिटर लम्बाइ भएको उक्त पुलमा १२ वटा स्पान रहेका छन्, जसमा दुई स्पान र एक पिलर हाल भासिएका छन्। स्थानीयले पटक–पटक संघीय सरकारसँग ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पुल नयाँ डिजाइनमा बन्ने घोषणा गरे पनि त्यसपछि खासै पहल नदेखिएको स्थानीयको आरोप छ।

पुल निर्माण महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनद्वारा गरिएको हो भने यसको डिजाइन तथा माटो परीक्षण काठमाडौंको स्वाइल कन्सल्टेन्सीले गरेको थियो। यो पुल उदयपुर जिल्लालाई खोटाङको दक्षिणी तथा भोजपुरको पश्चिमी भेगसँग जोड्ने महत्वपूर्ण संरचना मानिन्छ।

यसले चौदण्डीगढी नगरपालिका–५, ९, र १० का करिब २० हजार बासिन्दालाई नगरको केन्द्रसँग जोड्ने प्रमुख यातायात मार्गको रूपमा काम गर्नेछ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा