१० जेष्ठ २०८३, आइतबार । May 25, 2026

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध


२३ बैशाख २०८२, मंगलबार  

81
Shares

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा आएको बाढीले हुलाकी राजमार्ग पूर्णरूपमा ठप्प भएको छ।

सोमबार रातिदेखि परेको भारी वर्षाका कारण कमलामा आएको बाढीले सिरहा र धनुषालाई जोड्ने अस्थायी बाँसको पुल बगाएको हो। यसपछि सिरहा नगरपालिका–६ मा आवत–जावत ठप्प भएको वडा अध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए। उनका अनुसार यो अस्थायी पुल सिरहा नगरपालिकाले स्थानीय आवत–जावत सहज बनाउन बनाएको थियो।

तर बाढीको भेलले पुल बगाएपछि सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। कमला नदीमा निर्माणाधीन पक्की पुल २०७८ सालको असार महिनामा तीन वटा पिलर भासिएपछि काम अवरुद्ध भएको थियो। ठेकेदार कम्पनीले नयाँ पिलर राखी पुल सम्पन्न गर्ने सहमति गरेपनि हालसम्म काम अघि नबढेको यादवको भनाइ छ।

पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारको प्रयासमा अस्थायी बाँसको पुल निर्माण गरिएको थियो। तर अहिले त्यो पनि बाढीले बगाएपछि सिरहा–धनुषा बीच यातायात सेवा बन्द भएको छ।

यात्रुहरू बिचल्लीमा परेका छन् भने स्थानिय बासिन्दाले दैनिक आवत–जावतमा सास्ती खेप्नुपरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली