४ आश्विन २०८३, आइतबार । September 20, 2026

रेशम चौधरी प्रकरणमा गृहमन्त्रीले संसदमा जवाफ दिने


२३ बैशाख २०८२, मंगलबार  

18
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा गृह मन्त्री रमेश लेखकले संसदमा जवाफ दिने भएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले उक्त विषयमा गम्भीर चासो राख्दै रुलिङ माग गरेका थिए। यद्यपि सभामुख देवराज घिमिरे केहीबेर मौन बसेपछि अन्ततः गृहमन्त्रीले जवाफ दिने जानकारी संसदमा दिएका हुन्। सभामुख घिमिरेले गृहमन्त्री लेखकले यही वैशाख २५ गतेको बैठकमा यो विषयमा प्रस्ट पार्ने मौखिक जानकारी पठाएको जनाएका छन्।

रेशम चौधरी वैशाख १७ गते काठमाडौंस्थित प्रज्ञा भवनमा पक्राउ परेका थिए। उनी त्यहाँ नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकीकरण घोषणा कार्यक्रममा सहभागी हुन पुगेका थिए। तर, सुप्रीम कोर्टबाट जारी भएको भनिएको पक्राउ पुर्जी नै फर्जी भएको पुष्टि भएपछि केही समयमै उनी रिहा भएका थिए।

यो घटनाले देशभर राजनीतिक तहमा चासो मात्र बढाएको छैन, प्रहरी प्रशासन र न्याय प्रणालीको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली