४ आश्विन २०८३, आइतबार । September 20, 2026

प्रचण्डलाई योगेशको प्रश्नः सरकारले कुलमानलाई ताकेको गोली तपाईँलाई किन लाग्यो ?


२३ बैशाख २०८२, मंगलबार  

24
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति तीव्र टिप्पणी गर्दै विगतका निर्णय सम्झाउने प्रयास गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई लिएर माओवादी पक्षबाट उठाइएको आलोचनाको जवाफ दिएका थिए। भट्टराईले दाहालप्रति प्रश्न गर्दै भने, “तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो, एक पटक सम्झनुहोस् त, त्यो कसरी भयो ? ” उनले वर्तमान सरकारको कदमलाई नियमित प्रक्रिया भन्दै यसमा अनावश्यक हल्ला मच्चाउनुको तुक नभएको स्पष्ट पारे।

त्यस क्रममा उनले अघिल्लो कार्यकालमा मुख्यसचिवलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारु जस्तो अस्तित्वमै नभएको पद सिर्जना गरेर अर्को मुख्यसचिव ल्याएको प्रसंग पनि उल्लेख गरे। “केपी ओली सरकारमा एउटा सहसचिव हटाउँदा यति ठूलो हंगामा किन? मुटुमा गोली लागेझैँ किन महसुस भयो ? ” भन्दै भट्टराईले कटाक्ष गरे।

उनले थपे, “सरकारसँग ट्युनिङ नमिल्दा एउटा सामान्य व्यवस्थापन गरिएको हो। यो प्रधानसेनापति हटाएजस्तो होइन, न त मुख्यसचिवलाई जगेडामा राखेजस्तो। एकचोटि सम्झनुस्, तपाईंको पालामा के-के भएका थिए।”

भट्टराईको यो टिप्पणीले संसदमा सत्ता र प्रतिपक्षबीचको आरोप(प्रत्यारोपलाई थप चर्काएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली