१ माघ २०८२, बुधबार । January 15, 2026

हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता, घटनास्थलको अध्ययन गर्न भूगर्भविद टोली खटियो



काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो पिकअप गाडी बेपत्ता भएको पाँच दिनपछि, खानी तथा भूगर्भ विभागको टोली घटनास्थलमा पुगेको छ।

भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले गाडी हराएको स्थानमा अध्ययन थालेको हो। टोलीका अनुसार भूबनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रसम्बन्धी विविध पक्षमा वैज्ञानिक अध्ययन गरिनेछ। घटनास्थलको माटोको प्रकृति र जमिन भासिनुको वास्तविक कारण पत्ता लगाउन प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरेर चुम्बकीय अध्ययनसमेत गरिने बताइएको छ।

गत शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडकमा गुडिरहेको अवस्थामा अचानक जमिन भासिँदा गाडीसहित बेपत्ता भएको थियो। गाडीका मालिक हरिराम राईका अनुसार, खोजी कार्य जारी रहे पनि अहिलेसम्म गाडी फेला परेको छैन। गाडी भासिएको स्थानमा अहिले ठूलो खाल्डो बनेको छ, जुन धमिलो पानीले भरिएको छ।

यति गम्भीर घटनापछि पनि प्रारम्भिक दुई दिनसम्म स्थानीय तहबाट कुनै वैज्ञानिक पहल नहुनुमा आलोचना भइरहेका छन्। अन्ततः दुई दिनपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले भूगर्भविदको सहयोग लिने निर्णय गरेको थियो, जसअनुसार टोलीले अध्ययन सुरु गरेको हो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले