२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता, घटनास्थलको अध्ययन गर्न भूगर्भविद टोली खटियो


२३ बैशाख २०८२, मंगलबार  

96
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो पिकअप गाडी बेपत्ता भएको पाँच दिनपछि, खानी तथा भूगर्भ विभागको टोली घटनास्थलमा पुगेको छ।

भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले गाडी हराएको स्थानमा अध्ययन थालेको हो। टोलीका अनुसार भूबनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रसम्बन्धी विविध पक्षमा वैज्ञानिक अध्ययन गरिनेछ। घटनास्थलको माटोको प्रकृति र जमिन भासिनुको वास्तविक कारण पत्ता लगाउन प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरेर चुम्बकीय अध्ययनसमेत गरिने बताइएको छ।

गत शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडकमा गुडिरहेको अवस्थामा अचानक जमिन भासिँदा गाडीसहित बेपत्ता भएको थियो। गाडीका मालिक हरिराम राईका अनुसार, खोजी कार्य जारी रहे पनि अहिलेसम्म गाडी फेला परेको छैन। गाडी भासिएको स्थानमा अहिले ठूलो खाल्डो बनेको छ, जुन धमिलो पानीले भरिएको छ।

यति गम्भीर घटनापछि पनि प्रारम्भिक दुई दिनसम्म स्थानीय तहबाट कुनै वैज्ञानिक पहल नहुनुमा आलोचना भइरहेका छन्। अन्ततः दुई दिनपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले भूगर्भविदको सहयोग लिने निर्णय गरेको थियो, जसअनुसार टोलीले अध्ययन सुरु गरेको हो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ