१ माघ २०८२, बुधबार । January 15, 2026

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो



धरान । धनकुटाको एक भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। को १ ख २१७७ नम्बरको उक्त बस बिहान करिब १०:१० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनामा भोजपुर घर भई हाल धनकुटामा बस्दै आएकी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ।

त्यस्तै, गम्भीर घाइते दुई जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ। उक्त दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाको अनुसन्धान जारी रहेको र आवश्यक थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले