१८ श्रावण २०८३, सोमबार । August 3, 2026

चट्याङ्गसहित वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने


२३ बैशाख २०८२, मंगलबार  

150
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

यसका कारण हाल अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानहरूमा र समथर भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ। आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा वा आंशिक बदली हुने सम्भावना छ। रातिको समयमा पनि केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसममा आउने यस परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात र हवाई उडानहरूमा असर गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर