४ आश्विन २०८३, आइतबार । September 20, 2026

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड


२२ बैशाख २०८२, सोमबार  

9
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनतामाझ असफल भइसकेको दाबी गरेका छन्।

सोमबार संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले सरकार जनअपेक्षाविपरीत अघि बढेको र जनताको हितमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाए। उनले भने, “सरकार प्राविधिकरूपमा त ढलेको छैन, तर जनताको मनमा यो सरकार पहिले नै ढलिसकेको छ भन्ने अनुभूति छ। म देशभर घुमेँ, विशेषतः तराई–मधेसमा, जनतामा गहिरो असन्तुष्टि देखिन्छ।”

प्रचण्डले लोकतान्त्रिक प्रणाली नै सरकारको कार्यशैलीबाट संकटमा परेको उल्लेख गर्दै भने, “सरकार बलियो देखिन्छ तर कार्यशैलीले असन्तुष्टि र निराशा जन्माएको छ, जसलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको छ।” उनले सरकारको नीति तथा कार्यक्रमप्रति पनि गम्भीर आपत्ति जनाए। “दीर्घकालीन र दिगो आर्थिक विकासका लागि अनिवार्य रहेका कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रका योजनामा सरकारले कैंची चलाएको छ। ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता महत्त्वपूर्ण योजनाहरू हटाइनु उद्यमशीलता र स्वरोजगारको घातक विरोध हो,” उनले भने।

प्रचण्डले सरकारको विकास मोडलमा गरिएको ‘कोर्स करेक्सन’ कसको हितमा गरिएको भन्ने प्रश्न उठाउँदै त्यसले समृद्धि र स्थायित्वमा प्रतिकूल असर पार्ने दाबी गरे।

अन्त्यमा, उनले दुई तिहाइको बहुमतको ‘घमण्ड’ लोकतन्त्रकै कमजोर पक्ष बनेको बताए। “दुई तिहाइको अहंकार अब बेलुनझैं फुटिसकेको छ,” उनको टिप्पणी थियो।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली