१ कार्तिक २०८३, आइतबार । October 18, 2026

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड


२२ बैशाख २०८२, सोमबार  

9
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनतामाझ असफल भइसकेको दाबी गरेका छन्।

सोमबार संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले सरकार जनअपेक्षाविपरीत अघि बढेको र जनताको हितमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाए। उनले भने, “सरकार प्राविधिकरूपमा त ढलेको छैन, तर जनताको मनमा यो सरकार पहिले नै ढलिसकेको छ भन्ने अनुभूति छ। म देशभर घुमेँ, विशेषतः तराई–मधेसमा, जनतामा गहिरो असन्तुष्टि देखिन्छ।”

प्रचण्डले लोकतान्त्रिक प्रणाली नै सरकारको कार्यशैलीबाट संकटमा परेको उल्लेख गर्दै भने, “सरकार बलियो देखिन्छ तर कार्यशैलीले असन्तुष्टि र निराशा जन्माएको छ, जसलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको छ।” उनले सरकारको नीति तथा कार्यक्रमप्रति पनि गम्भीर आपत्ति जनाए। “दीर्घकालीन र दिगो आर्थिक विकासका लागि अनिवार्य रहेका कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रका योजनामा सरकारले कैंची चलाएको छ। ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता महत्त्वपूर्ण योजनाहरू हटाइनु उद्यमशीलता र स्वरोजगारको घातक विरोध हो,” उनले भने।

प्रचण्डले सरकारको विकास मोडलमा गरिएको ‘कोर्स करेक्सन’ कसको हितमा गरिएको भन्ने प्रश्न उठाउँदै त्यसले समृद्धि र स्थायित्वमा प्रतिकूल असर पार्ने दाबी गरे।

अन्त्यमा, उनले दुई तिहाइको बहुमतको ‘घमण्ड’ लोकतन्त्रकै कमजोर पक्ष बनेको बताए। “दुई तिहाइको अहंकार अब बेलुनझैं फुटिसकेको छ,” उनको टिप्पणी थियो।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि