२२ माघ २०८२, बुधबार । February 4, 2026

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?



एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा महँगी अभिनेत्री बन्न सफल भएकी छन्।

फिल्म ‘तीन पत्ती’ बाट अभिनय यात्रा सुरु गरेकी श्रद्धाले आफ्नो करियरमा थुप्रै हिट फिल्महरू दिइसकेकी छन्। पछिल्लो पटक सुपरहिट फिल्म स्त्री २ मा देखिएकी श्रद्धाको फ्यान फलोइङ सामाजिक सञ्जालमा अत्यन्त बलियो छ। स्त्री २ ले बक्स अफिसमा शानदार कमाइ गरेपछि निर्माताहरू उनलाई आफ्नो फिल्ममा कास्ट गर्न आतुर देखिन्छन्।

हालै निर्माता एकता कपूरले श्रद्धालाई आफ्नो नयाँ प्रोजेक्टका लागि साइन गरेकी छन्। भारतीय सञ्चारमाध्यम बलिउड हंगामा को रिपोर्ट अनुसार, श्रद्धाले एकताको यस फिल्मका लागि १७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन्। यति मात्र नभई उनले फिल्मको नाफाबाट पनि हिस्सा मागेकी छन्।

यसअघिको फिल्म स्त्री २ का लागि उनले ५ करोड भारू लिएकी थिइन्। अहिलेको पारिश्रमिक वृद्धिसँगै श्रद्धा भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी हुन्। श्रद्धा कपूरले लभ का द एन्ड, आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३ र तु झुटा मैं मक्कार जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेकी छन्।

उनको यो पारिश्रमिक उचाइले बलिउडमा अभिनेत्रीहरूको मूल्याङ्कनमा नयाँ मापदण्ड स्थापित गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल