२८ मंसिर २०८२, शनिबार । December 13, 2025

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?



एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा महँगी अभिनेत्री बन्न सफल भएकी छन्।

फिल्म ‘तीन पत्ती’ बाट अभिनय यात्रा सुरु गरेकी श्रद्धाले आफ्नो करियरमा थुप्रै हिट फिल्महरू दिइसकेकी छन्। पछिल्लो पटक सुपरहिट फिल्म स्त्री २ मा देखिएकी श्रद्धाको फ्यान फलोइङ सामाजिक सञ्जालमा अत्यन्त बलियो छ। स्त्री २ ले बक्स अफिसमा शानदार कमाइ गरेपछि निर्माताहरू उनलाई आफ्नो फिल्ममा कास्ट गर्न आतुर देखिन्छन्।

हालै निर्माता एकता कपूरले श्रद्धालाई आफ्नो नयाँ प्रोजेक्टका लागि साइन गरेकी छन्। भारतीय सञ्चारमाध्यम बलिउड हंगामा को रिपोर्ट अनुसार, श्रद्धाले एकताको यस फिल्मका लागि १७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन्। यति मात्र नभई उनले फिल्मको नाफाबाट पनि हिस्सा मागेकी छन्।

यसअघिको फिल्म स्त्री २ का लागि उनले ५ करोड भारू लिएकी थिइन्। अहिलेको पारिश्रमिक वृद्धिसँगै श्रद्धा भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी हुन्। श्रद्धा कपूरले लभ का द एन्ड, आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३ र तु झुटा मैं मक्कार जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेकी छन्।

उनको यो पारिश्रमिक उचाइले बलिउडमा अभिनेत्रीहरूको मूल्याङ्कनमा नयाँ मापदण्ड स्थापित गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले