१ माघ २०८२, बुधबार । January 15, 2026

तीन दिनदेखि बेपत्ता युवक खाल्डोमा मृत भेटिए, मोटरसाइकल दुर्घटनाको आशंका



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डन सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

तीन दिनअघिदेखि सम्पर्कविहीन भएका टण्डन बुटवल उपमहानगरपालिका–११ मा रहेको हाइटेन्सन लाइन हटाएर मोनोपोल जडान गर्न खनिएको खाडलमा मोटरसाइकलसहित मृत भेटिएका हुन्। प्रहरीका अनुसार रातिको समयमा अनियन्त्रित गतिमा मोटरसाइकल हुइक्याउँदा उनी सो खाडलमा खसेर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाले टण्डनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल घटनास्थलमै भेटिएको जानकारी दिए। ‘परिवारले आइतबार उनी हराएको भन्दै निवेदन दिएका थिए,’ डिएसपी रानाले बताए, ‘राति झन्डै दुई बजेतिर तीब्र गतिमा आएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा खसेको देखिन्छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टण्डनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले