१ माघ २०८२, बुधबार । January 15, 2026

सातदोबाटो–हात्तीवनमा कार ठोकिँदा पोल ढल्यो, सडक बन्द



ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गए राति भएको कार दुर्घटनाले ठूलो क्षति निम्त्याएको छ।

तीव्र गतिमा रहेको बा १५ च ७६५२ नम्बरको कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा पोल भाँचिएर सडकमा ढलेको छ, जसका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

करिब ११ हजार भोल्टको विद्युत् प्रवाह हुने पोल सडकमा ढल्दा सुरक्षाका दृष्टिकोणले यातायात सम्पूर्ण रूपमा रोकिएको छ। घटनास्थलमा ललितपुर महानगरपालिका, नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरू खटिएका छन् र पोल हटाउने काम तीव्र गतिमा भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कार आफैं अनियन्त्रित भएर पोलमा ठोक्किएको हुन सक्ने प्रहरीले जनाएको छ। यातायात सहज बनाउनका लागि पोल हटाउने प्रयास जारी रहेको छ भने सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले