४ असार २०८३, बिहिबार । June 18, 2026

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि


२२ बैशाख २०८२, सोमबार  

6
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुँदैछ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ। त्यसपछि सांसदहरूले आफ्नो संशोधन सुझाव प्रस्तुत गर्नेछन् र ती सुझावहरूलाई सम्बोधन गर्दै विस्तृत छलफल अगाडि बढाइने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

यसैबीच, राष्ट्रिय सभामा भने सरकारको नीति तथा कार्यक्रममाथि छलफल आइतबारबाटै सुरु भइसकेको छ। राष्ट्रिय सभाको आजको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

संसदका दुवै सदनमा नीति तथा कार्यक्रमलाई लिएर हुने बहसले आगामी बजेटको दिशा र प्राथमिकताका विषयमा स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा