१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित


२२ बैशाख २०८२, सोमबार  

192
Shares

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

यस जितसँगै पञ्जाब प्लेअफको दौडमा थप मजबुत बनेको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २३६ रनको विशाल स्कोर बनायो । ओपनर प्रभसिमरन सिंहले ४८ बलमा ९१ रनको शानदार पारी खेले, जसमा उनले ६ चौका र ७ छक्का प्रहार गरे ।

कप्तान श्रेयस अय्यरले ४५ रन, शशांक सिंहले अविजित ३३ र जोश इंग्लिसले ३० रन जोडे । अन्त्यमा मार्कस स्टोइनिसले ५ बलमा १५ रनको विस्फोटक फिनिशिङ गरे । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो । सुरुवाती ओभरमै टप अर्डर धरासायी भएपछि लखनउ खेलमै पछि पर्‍यो ।

अर्शदीप सिंहले शानदार बलिङ गर्दै लखनउका शीर्ष ३ ब्याटर—मिचेल मार्श, एइडन मार्क्रम र निकोलस पूरनलाई पवेलियन फर्काए । उनले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए । ओमरजाइले २ विकेट तथा यानसेन र चहलले १-१ विकेट लिए । लखनउका लागि आयुष बदोनीले सर्वाधिक ७४ रन बनाए भने अब्दुल समदले ४५ रनको योगदान गरे ।

कप्तान पन्तले १८ रन बनाउँदा आवेश खान १९ रनमा अविजित रहे । लखनउका बलर आकाश सिंह र दिग्वेश राथीले २-२ विकेट लिए भने प्रिन्स यादवले १ विकेट लिए । यस जितपछि पञ्जाबको ११ खेलबाट १५ अंक पुगेको छ र ऊ दोस्रो स्थानमा उक्लिएको छ ।

भने ११ खेलमा १० अंकमात्रै जोडेको लखनउ तालिकाको सातौं स्थानमा झरेको छ, जसले गर्दा उसको प्लेअफ सम्भावना थप कमजोर बनेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था