२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह


२२ बैशाख २०८२, सोमबार  

318
Shares

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न भागमा मौसममा व्यापक परिवर्तन आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली देखिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।

सोमबारसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही भू(भागहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा पनि चट्याङसहितको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

यसका साथै, हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकोले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१