७ असार २०८२, शनिबार । June 21, 2025

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम मौका दिएका छन्।

उनले चेतावनी दिएका छन् कि यदि तोकिएको समयभित्र मेटाले दर्ता प्रक्रिया पूरा गरेन भने नेपालमा मेटाका सेवा (जस्तै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम) प्रतिबन्धित गरिनेछ। शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मेटासँग पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको गुनासो गरे।

उनका अनुसार मेटालाई दर्ता सम्बन्धी तेस्रो पटक सूचना दिइएको थियो, जसको म्याद हालै समाप्त भएको छ। मन्त्री गुरूङले नेपालबाट हरेक घण्टा ठूलो मात्रामा पैसा मेटाको खातामा गइरहेको उल्लेख गर्दै भने, “नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुकजस्ता एप्सबाट पल–पलमा पैसा बाहिरिन्छ। यस्तो अवस्थामा मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्छ भन्ने हाम्रो माग हो।” उनले मेटाले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा धेरै आम्दानी भएको घमण्ड देखाएको आरोप पनि लगाए।

“उनीहरू भन्छन्, नेपालको जिडिपी त यत्ति मात्र हो। हाम्रो कम्पनीभन्दा पनि सानो हो नेपाल ! तर मुलुकको स्वाधीनता पैसामा जोखिँदैन,” मन्त्री गुरूङले स्पष्ट पारे। उनका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र औपचारिक रूपमा दर्ता भएका छन्। मेटाले पनि त्यही प्रक्रिया अपनाउनुपर्ने मन्त्रीको भनाइ छ।

अब हेर्न बाँकी छ — मेटा सात दिनभित्र दर्ता हुन्छ कि मन्त्री गुरूङको चेतावनी कार्यान्वयनमा जान्छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली