१ माघ २०८२, बुधबार । January 15, 2026

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण अस्थायी रूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार खोलामा अत्यधिक धमिलो पानी देखिएपछि सुरक्षाका दृष्टिले सुरुङमार्गबाट पानी आपूर्ति तत्कालका लागि बन्द गरिएको हो। मेलम्चीबाट पानी नआएपछि राजधानीमा पानीको आपूर्तिमा समस्या उत्पन्न भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीमार्फत दैनिक १७ करोड लिटर पानी आपूर्ति हुँदै आएको जनाए।

साथै, सुन्दरीजल लगायत अन्य स्रोतबाट थप २ करोड लिटर पानी वितरण भइरहेको अवस्थामा मेलम्चीको आपूर्ति रोकिँदा उपत्यकाबासी प्रभावित हुने बताएका छन्।

हाल सुरुङमार्ग र खोलाको अवस्थाको निगरानी भइरहेको र पानी आपूर्ति कहिले सुचारु हुने भन्नेबारे थप प्राविधिक मूल्याङ्कनपछि जानकारी दिने केयूकेएलले जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले