१ माघ २०८२, बुधबार । January 15, 2026

लगातारको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्धः यात्रुलाई सतर्क रहन आग्रह



काठमाडौं । निरन्तर परेको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्।

बाढी र पहिरोका कारण कान्ति लोकपथ, पूर्व–पश्चिम राजमार्ग, पृथ्वीलोकमार्ग, अरनिको राजमार्गलगायतका सडकहरूमा आवागमनमा अवरोध भएको छ। प्रहरीका अनुसार ललितपुर र मकवानपुरको सिमानामा पर्ने बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ।

अहिले प्रहरीले सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ। त्यस्तै, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको चौसठ्ठी क्षेत्रमा अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध भएको छ। सोही क्षेत्रमा पर्ने विनयी खोलामा पनि सडक एकतर्फी सञ्चालन भइरहेको छ। पृथ्वीलोकमार्ग पनि प्रभावित बनेको छ।

धादिङको कृष्णभिरमा पहिरो खस्दा यो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको हो। यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा परेको लगातार वर्षाले अरनिको राजमार्ग एकतर्फी भएको छ। यसैगरी, भक्तपुरको सूर्यविनायक–साँगा सडक पनि एकतर्फी सञ्चालन भइरहेको छ, राससका अनुसार।

यात्रुहरूलाई आवश्यकीय कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा वैकल्पिक मार्ग छनोट गर्न र सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले