२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

लगातारको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्धः यात्रुलाई सतर्क रहन आग्रह


२१ बैशाख २०८२, आइतबार  

252
Shares

काठमाडौं । निरन्तर परेको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्।

बाढी र पहिरोका कारण कान्ति लोकपथ, पूर्व–पश्चिम राजमार्ग, पृथ्वीलोकमार्ग, अरनिको राजमार्गलगायतका सडकहरूमा आवागमनमा अवरोध भएको छ। प्रहरीका अनुसार ललितपुर र मकवानपुरको सिमानामा पर्ने बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ।

अहिले प्रहरीले सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ। त्यस्तै, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको चौसठ्ठी क्षेत्रमा अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध भएको छ। सोही क्षेत्रमा पर्ने विनयी खोलामा पनि सडक एकतर्फी सञ्चालन भइरहेको छ। पृथ्वीलोकमार्ग पनि प्रभावित बनेको छ।

धादिङको कृष्णभिरमा पहिरो खस्दा यो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको हो। यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा परेको लगातार वर्षाले अरनिको राजमार्ग एकतर्फी भएको छ। यसैगरी, भक्तपुरको सूर्यविनायक–साँगा सडक पनि एकतर्फी सञ्चालन भइरहेको छ, राससका अनुसार।

यात्रुहरूलाई आवश्यकीय कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा वैकल्पिक मार्ग छनोट गर्न र सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१