१ माघ २०८२, बुधबार । January 15, 2026

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, गण्डकी र मधेस प्रदेशका विभिन्न भागहरूमा पनि वर्षा जारी छ। महाशाखाको वेभसाइटले देखाएको जानकारी अनुसार, पश्चिमबाट पूर्वतिर सर्दै गरेका बादलका कारण वर्षा भइरहेको हो। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको मिलेजुले प्रभाव सक्रिय रहेको मौसमविद्हरूले बताएका छन्।

यही प्रणालीका कारण बिहानैदेखि देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। मौसमविद् का अनुसार वर्षा सुरु हुने प्रणाली गण्डकी र लुम्बिनी क्षेत्रबाट फैलिएको हो। उनले काठमाडौंमा केही बेरपछि पानी रोकिए पनि फेरि वर्षा हुने सम्भावना रहेको छ ।

पछिल्लो ६ घन्टामा मुख्य स्थानहरूमा मापन गरिएको वर्षा:

  • विराटनगर: ५०.६ मिमि (सबैभन्दा धेरै)
  • हेटौंडा (मकवानपुर): ४४ मिमि
  • रजैया: ३३.२ मिमि
  • खैरेनी (तनहुँ): ३७ मिमि
  • बन्दीपुर: २१ मिमि
  • मलंगवा (सर्लाही): ३२ मिमि
  • अमलेखगन्ज (बारा): २८ मिमि
  • पाल्पा: १५ मिमि
  • भक्तपुर: १८.६ मिमि
  • बूढानीलकण्ठ (काठमाडौं): ९.६ मिमि
  • सुन्दरीजल (काठमाडौं): ११ मिमि

देशभरको मौसममा भएको यो परिवर्तनले यात्रा, कृषि र अन्य दैनिक क्रियाकलापमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले