१८ श्रावण २०८३, सोमबार । August 4, 2026

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान


२१ बैशाख २०८२, आइतबार  

144
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, गण्डकी र मधेस प्रदेशका विभिन्न भागहरूमा पनि वर्षा जारी छ। महाशाखाको वेभसाइटले देखाएको जानकारी अनुसार, पश्चिमबाट पूर्वतिर सर्दै गरेका बादलका कारण वर्षा भइरहेको हो। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको मिलेजुले प्रभाव सक्रिय रहेको मौसमविद्हरूले बताएका छन्।

यही प्रणालीका कारण बिहानैदेखि देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। मौसमविद् का अनुसार वर्षा सुरु हुने प्रणाली गण्डकी र लुम्बिनी क्षेत्रबाट फैलिएको हो। उनले काठमाडौंमा केही बेरपछि पानी रोकिए पनि फेरि वर्षा हुने सम्भावना रहेको छ ।

पछिल्लो ६ घन्टामा मुख्य स्थानहरूमा मापन गरिएको वर्षा:

  • विराटनगर: ५०.६ मिमि (सबैभन्दा धेरै)
  • हेटौंडा (मकवानपुर): ४४ मिमि
  • रजैया: ३३.२ मिमि
  • खैरेनी (तनहुँ): ३७ मिमि
  • बन्दीपुर: २१ मिमि
  • मलंगवा (सर्लाही): ३२ मिमि
  • अमलेखगन्ज (बारा): २८ मिमि
  • पाल्पा: १५ मिमि
  • भक्तपुर: १८.६ मिमि
  • बूढानीलकण्ठ (काठमाडौं): ९.६ मिमि
  • सुन्दरीजल (काठमाडौं): ११ मिमि

देशभरको मौसममा भएको यो परिवर्तनले यात्रा, कृषि र अन्य दैनिक क्रियाकलापमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर