१ माघ २०८२, बुधबार । January 15, 2026

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध



हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको डाइभर्सन बगाउँदा हेटौंडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहानदेखिको अविरल वर्षाले मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको तटबन्धमा क्षति पु¥याएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। यसअघि पनि सो सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द गरिँदै आएको थियो।

मकवानपुरतर्फको गंगटे क्षेत्रमा सडक विस्तार तथा भिर कटानको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी निषेध गरिएको थियो। प्रहरीका अनुसार सडक खुलाउने प्रयास जारी भए पनि केही समय लाग्न सक्नेछ।

हाललाई काठमाडौँ–हेटौंडा यात्रा गर्नुपर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले